birat ribon

पश्चिममा हिमपातको सम्भावना

Neuro
पश्चिममा हिमपातको सम्भावना

काठमाडौं १७ कात्तिक । आइतबार देशभर मौसम बदली हुने छ । उपत्यका सहित पूर्वी र पश्चिमी क्षेत्रमा मौसममा बदली आउने मौसमविद्हरुले बताएका छन् ।

cura insider

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मौसम आंशिक बदली भएको तथा पश्चिमका सबै स्थान र पूर्वको तराई क्षेत्रमा मौसम सामान्य बदली भएको बताए ।

यसैगरी दिउँसो पनि देशका पश्चिमी क्षेत्रलगायत अन्य स्थानका पनि पहाडी भेगमा मौसम सामान्य बदली रहने र पश्चिम पहाडका केही स्थानमा छिटफुट वर्षाको समेत सम्भावना रहेको छ।

‘बेलुकासम्म पश्चिम पहाडका केही स्थानमा हल्का वर्षा तथा पश्चिमकै उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको पौडेलले बताए । यस्तै आइतबार (आज) राति पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। पश्चिमी वायुको कारण देशभर मौसममा प्रभाव देखिएको हो ।

jackson ribon