birat ribon

प्रधानमन्त्रीको आज तेश्रो डायलासिस गरिने

Neuro
प्रधानमन्त्रीको आज तेश्रो डायलासिस गरिने

काठमाडौं १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार तेश्रो पटक डायलसिस गरिने भएको छ । प्रधानमन्त्री ओली आइतबार बिहान तेस्रोपटक डायलासिस गराउन ग्रान्डी अस्पताल जाँदै छन्।

cura insider

बिहान बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि सर्ने सम्भावना रहेको श्रोतले जनाएको छ । बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

बुधबार र बिहीबार प्रधानमन्त्री ओलीले ग्रान्डीमा दुई पटक डायलासिस गराइसकेका छन्। ग्रान्डीमा गरिएका स्वास्थ्य जाँचका केही रिपोर्ट आउन बाँकी रहेको र सबै रिर्पाेट आएपछि पुनः मृगौला प्रत्यारोपण गर्ने कि डायलासिस नै गर्ने भन्ने टुंगो लाग्ने प्रधानमन्त्री ओलीले शनिवार नेकपाको सचिवालयको बैठकमा जानकारी गराएका थिए ।

jackson ribon