विराटनगर १७ कात्तिक । एक नम्बर प्रदेशको राजधानी विराटनगरमा यो वर्ष २०७६ को छठ पर्व धुमधामका साथ मनाइएको छ ।
आइतबार बिहान सूर्यलाई अर्घ्य दिएपछि समापन भएको छठ पर्वमा विराटनगरमा पूर्व हाटखोला स्थित सिँघिया खोला , पश्चिम केशलिया खोला र नहर , दक्षिणमा रानी स्थित मन्ठा पोखरी उत्तर घिनाघाट र सिँघियाघाटमा ब्रतालु र भक्त्तालु मानिशहरुको ओइरो लागेको थियो ।
शनिबार बेलुका घाटमा भेला भएका भक्त्तजन र ब्रातालुहरुले घाटमा पुगेर जगतको कल्याण र पारिवारिक सुख, शान्तिको कामना गर्दै अस्ताउँदो सुर्यलाई सामुहिक रुपमा अर्घ्य दिए । आइतबार बिहान सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको हो ।