fbpx

कोइलाको प्रयोग रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

विराटनगर १७ कात्तिक । जलवायु परिवर्तनसँग लड्न एसियाली मुलुकहरुले कोइलाको प्रयोग बन्द गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले चेतावनी दिएका छन् ।

एन्टोनियोले एसियाली देशहरुमा जलवायु परिवर्तनको सबै भन्दा बढी असर देखिएको र अझै ज्यादा खतरा देखिएको भन्दै एसियाली मुलुकहरु जलवायु परिवर्तनको रोक्न अगाडी आउनु पर्ने बताए । उनले नयाँ अध्ययनको हवाला दिँदै एसियाली मुलुकहरुमा जलवायु परिवर्तनले गर्दा बाढीको खतरा बढेको बताए ।

महासचिव गुटरेसले एशियामा कोइलाबाट चल्ने उर्जा संयन्त्रलाई हटाउने योजना बनाउनु आवश्यक रहेको बताए । नयाँ शोधका अनुसार एसियाका ६ देश चीन, बांगलादेश, भारत, भियतनाम, इन्डोनेसिया र थाइल्याण्डका करिब २४ करोड मानिस बाढीको चपेटामा पर्ने भन्दै तयार रहन भनिएको गुटरेसले बताए ।

Loading...