birat ribon

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो

Neuro
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो

विराटनगर १७ कात्तिक । आज (आइतबार) बिहान उदउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । शनिबार साँझ अस्ताउँदो सूयलाई अर्घ्य दिइएको थियो ।

cura insider

व्रतालुहरुले नदी र तलाउमा अर्घ्य सामग्री लिई सूर्यलाई पूजाअर्चना गरे । अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने चलन छ ।

छठमा भुसवा, ठेकुवा लगायतका पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूपा, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । भोली पल्ट बिहान तीनै सामग्रीसहित उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा अन्त्य हुन्छ ।

छठ पर्वको लागि विराटनगरका सबैजसो जलाशय झकिझकाउ पारिएको थियो । केशलिया खोला, सिंघिया खोला, नहर तथा विभिन्न स्थानका पोखरी तलाउ सफा गरि झिलिमिली बत्ति बालेर मण्डप सहित सजाइएको हो ।अर्घ्य दिनलाई आज बिहान सबेरै व्रतालु जलाशयमा पुगेका हुन् ।

jackson ribon