birat ribon

अगुएरो र वाकरको गोलमा सिटीको जित

Neuro
अगुएरो र वाकरको गोलमा सिटीको जित

विराटनगर, १७ कात्तिक । इंग्लिस प्रिमियर लिगमा साबिकको विजेता म्यानचेष्टर सिटीले जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले साउथह्याम्पटनविरुद्ध २–१ गोलको जित निकालेको हो ।

cura insider

सिटीको घरेलु मैदानमा भएको उक्त खेलमा सिटीलाई जिताउन सर्जियो अगुएरो र केले वाकरले समान एक–एक गोल गरेका थिए । सिटीले पाहुना टोली साउथह्याम्पटनको अग्रता उल्टाउँदै जित निकालेको हो । खेलको १३औं मिनेटमा जेम्स वार्ड–प्रोजले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७०औं मिनेटमा अगुएरोले गोल गर्दै खेल बराबरी अवस्थामा ल्याए । यस्तै खेलको ८६औं मिनेटमा वाकरले गोल गरेपछि सिटीले जित सुनिश्चित गरेको थियो । यस जितसँगै दोस्रो स्थानको सिटीले २५ अंक बनाएको छ । शीर्ष स्थानको लिभरपुलसँग ३१ अंक छ ।

jackson ribon