birat ribon

प्रिमियर लिग : अपराजित लिभरपुल सिटीभन्दा ६ अंकले अगाडि

Neuro
प्रिमियर लिग : अपराजित लिभरपुल सिटीभन्दा ६ अंकले अगाडि

विराटनगर, १७ कात्तिक । इंग्लिस प्रिमियर लिगमा साबिकको उपविजेता लिभरपुलले जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले एस्टोन भिल्लाविरुद्ध २–१ गोलको जित निकालेको हो ।

भिल्लाकै घरेलु मैदानमा भएको उक्त खेलमा लिभरपुलले सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । भिल्लाका लागि महोमद हसनले खेलको २१औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए । तर, खेलको ८७औं मिनेटमा एन्ड्रे रोबर्टसनले गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै खेलको इन्जुरी समयमा साडियो मानेले गोल गर्दै लिभरपुललाई जिताए ।

cura insider

ss

यस जितसँगै लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । उसले साबिकको विजेता म्यानचेष्टर सिटीसँग ६ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको लिभरपुलसँग ३१ अंक छ भने दोस्रो स्थानमा रहेको सिटीसँग २५ अंक छ ।

jackson ribon