birat ribon

आफ्नै मैदानमा बराबरीमा रोकिएपछि रियलले गुमायो बार्सिलोनालाई उछिन्ने मौका

Neuro
आफ्नै मैदानमा बराबरीमा रोकिएपछि रियलले गुमायो बार्सिलोनालाई उछिन्ने मौका

विराटनगर, १७ कात्तिक । स्पेनिस ला लिगामा उपाधि दाबेदार मानिएको क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

cura insider

fff

रियल मड्रिडकै घरेलु मैदानमा भएको उक्त खेलमा बराबरीमा रोकिएपछि उसले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । हाल ऊ २२ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनासँग पनि समान २२ अंक नै छ । बार्सिलोना गोलान्तरको आधारमा शीर्ष स्थानमा छ । यदि, रियलले बेटिसविरुद्धको खेल जितेको थियो भने उसले २४ अंक बनाउँदै शीर्ष स्थान कब्जा गर्ने थियो ।

jackson ribon