birat ribon

सिरी ‘ए’ : युभेन्टसको कठिन जित, अपराजित यात्रा कायमै

Neuro
सिरी ‘ए’ : युभेन्टसको कठिन जित, अपराजित यात्रा कायमै

विराटनगर, १७ कात्तिक । इटालियन सिरी ‘ए’ अन्तर्गत साबिकको विजेता युभेन्टसले आफ्नो नवौं जित दर्ता गरेको छ । शनिबार राति आफ्नो एघारौं खेल खेलेको युभेन्टसले टोरिनोविरुद्ध १–० गोेलको कठिन जित दर्ता गरेको हो ।

dd

cura insider

टोरिनोको घरेलु मैदानमा भएको उक्त खेलमा पाहुना टोलीलाई जिताउन माथिस डी लिग्टले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७०औं मिनेटमा माथिसले गोल गर्दै टोलीलाई जिताएका थिए ।

यस जितसँगै युभेन्टसले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । हालसम्म अपराजित रहेको उसले ११ मध्ये ९ खेलमा जित र २ खेल बराबरी खेल्दै २९ अंक बनाएको छ । यता, पराजित टोरिनो भने ११ अंकसहित १३औं स्थानमा यथावत छ ।

jackson ribon