birat ribon

ला लिगा : अवे मैदानमा बार्सिलोनाको पीडादायी हार

Neuro
ला लिगा : अवे मैदानमा बार्सिलोनाको पीडादायी हार

विराटनगर, १७ कात्तिक । स्पेनिस ला लिगाअन्तर्गत साबिकको विजेता बार्सिलोनाले पीडादायी हार ब्यहारेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले लेभान्टेविरुद्ध ३–१ गोलको हार ब्यहोरेको हो ।

cura insider

लेभान्टेको मैदानमा भएको उक्त खेलमा बार्सिलोनाविरुद्ध घरेलु टोलीले सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । कप्तान लियोनल मेस्सीको गोलमा अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल खाएको थियो ।

dgf

मेस्सीले खेलको ३८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पहिलो हाफभरि अग्रता दिलाए । उनको गोलमा बार्सिलोनाले पहिलो हाफभरि अग्रता बनायो । तर, दोस्रो लेभान्टेले २ गोल गर्यो । ६१औँ मिनेटमा जोस कम्पानाले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काएका थिए भने ६३औँ मिनेटमा बेरजा मेयरालले गोल गर्दै लेभान्टेलाई अघि बढाए ।

खेलको ६८औँ मिनेटमा निमन्जा राडोजाले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे । यस जितसँगै लेभान्टे १२ खेलबाट १७ अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोनाको २२ अंक छ । बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसंग मात्र एक अंकको अग्रता लिएको छ ।

jackson ribon