birat ribon

हात्ती धपाउन लगाइएको तारबाट करेन्ट लाग्दा २ जनाको मृत्यु

Neuro
हात्ती धपाउन लगाइएको तारबाट करेन्ट लाग्दा २ जनाको मृत्यु

झापा १६ कात्तिक । झापामा हात्ति धपाउन लगाइएको तारबाट करेण्ट लागेर २ जनाको मृत्यु भएको छ ।

cura insider

झापाको बुद्ध शान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन भित्र रहेको खोल्सामा हात्ती धपाउन लगाएको नाङ्गो बिजुलीको तारमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय १८ वर्षीय अभिनाश राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ घर भई बुद्ध शान्ति गाउँपालिका ४ मा पेरीस राईको घरमा पाहुना आएका बर्ष ३८ को मणिराम राई रहेका छन् ।

घटनाको विषयमा शनिबार बिहान ७ बजे इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी दिएको प्रहरीले जनाएको छ । बुधबारेबाट गएको टोली र इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको छ ।

jackson ribon