birat ribon

सोलुखुम्बुमा विप्लवका कार्यकर्ता पक्राउ

Neuro
सोलुखुम्बुमा विप्लवका कार्यकर्ता पक्राउ

सोलुखुम्बु १६ कात्तिक । नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता चन्दा उठाउने क्रममा सोलुखुम्बुबाट पक्राउ परेका छन् ।

cura insider

सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट शुक्रबार ३७ वर्षीय ङिमा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शेर्पा पूर्व माओवादी लडाकु रहेका र अहिले विप्लव समूहका कार्यकर्ता भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

पक्राउ परेका शेर्पा सोलुखुम्बु जिल्लाको महाकुलुङ १ का भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक उत्तम कार्कीले बताए । प्रक्राउ परेका शेर्पाको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने गोली ५ थान, मोबाइल २ थान र ८ वटा सिमकार्ड बरामद गरेको छ । उनलाई शुक्रबार दिउसो ३ बजे सादा पोशाकमा खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो । उनले सर्वसाधारण र जनप्रतिनिधिहरुसँग चन्दा माग गरिरहेको थिए ।

jackson ribon