birat ribon

प्रधानमन्त्रीले भने- ‘नियमित डायलासिस वा मृगौला पुनः प्रत्यारोपणमात्र विकल्प छ’

Neuro
प्रधानमन्त्रीले भने- ‘नियमित डायलासिस वा मृगौला पुनः प्रत्यारोपणमात्र विकल्प छ’

काठमाडौं १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बताएका छन् ।

cura insider

शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्यबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन् । मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको पनि उनले औपचारिक रुपमा दिएका हुन् ।

आइतबारसम्ममा के गर्ने भन्ने टुंगो लाग्ने उनले बताए । प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत पार्टीका नेताहरुलाई ब्रिफिङ गरे । अझै केही रिर्पाेट आउन बाँकी रहेको उनले बताए ।

jackson ribon