birat ribon

राष्ट्रपति र उपराष्ट्रपतिले दिए अर्घ्य

Neuro
राष्ट्रपति र उपराष्ट्रपतिले दिए अर्घ्य

काठमाण्डौ १६ कात्तिक । राष्ट्रपति र उपराष्ट्रपतिले शनिवार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डौको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा तथा आराधना गरिन् । राष्ट्रपतिको सूर्यलाई अर्घ्य अर्पण गर्ने अवसरमा काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, तथा मन्त्रीहरु समेत सहभागी थिए ।

cura insider

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गरे । उनले पनि सूर्यलाई अर्घ्य दिए । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो भने भोली (आइतबार) उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ ।

jackson ribon