fbpx

नेकपा सचिवालयको बैठकले उम्मेदवार तय गर्न सकेन्

काठमाडौं १६ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारहरुको नाम टुंग्याउन नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को शनिबार बसेको सचिवालयको बैठक निश्कर्ष निकाल्न सकेन् ।

कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै तीनवटा प्रदेशसभा सदस्य र धरान उपमहानगरका मेयरको उम्मेदवार बारे टुंगो लगाउन बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बसेपनि निर्णय हुन सकेन् ।

बैठकमा उम्मेदवारहरुबारे छलफल भएको र भोली (आइतबार)को बैठकले निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । कास्की क्षेत्र नम्बर २ मा स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने चर्चा भएपनि टुंगो भोलीको बैठकबाट मात्र लाग्ने भएको हो ।

Loading...