birat ribon

अन्नपूर्ण हाम्रो गोल्डकप : सिक्किमको सुखद सुरुआत, आयोजक पराजित

Neuro
अन्नपूर्ण हाम्रो गोल्डकप : सिक्किमको सुखद सुरुआत, आयोजक पराजित

विराटनगर, १६ कात्तिक । झापमा जारी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ प्रतियोगिताअन्तर्गत भारतीय सिक्किम आक्रामक क्लबले सुखद सुरुआत गरेको छ ।

cura insider

शनिबार भएको उद्धाटन खेलमा सिक्किमले आयोजक क्लब जायोन स्पोर्ट्स क्लबविरुद्ध ५–२ गोलको जित निकाल्यो । झापाको डोमालाल राजवंशी रङ्गशालामा भएको उक्त खेलमा सिक्किमलाई जिताउन करण राईले ४ गोल गर्दा गणेश लामाले एक गोल गरे । यता आयोजकका लागि टंकु लामा र तपन कार्कीले १–१ गोल गरे ।

प्रतियोगितामा आयोजक जायोन स्पोर्ट्स क्लबसहित दुई वटा भारतीय क्लब, र संकटा क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, झापा ११, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देही र चर्च ब्वाइज काठमाडौंले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खवासले बताए । प्रतियोगिताको दोस्रो खेल कात्तिक १७ गते आइतबार झापा ११ र नेपाल पुलिस क्लबबीच हुनेछ ।

jackson ribon