birat ribon

अन्नपूर्ण हाम्रो गोल्डकप : उद्धाटन खेल सुरु, यहाँबाट हेर्नुहोस् लाइभ (भिडियोसहित)

Neuro
अन्नपूर्ण हाम्रो गोल्डकप : उद्धाटन खेल सुरु, यहाँबाट हेर्नुहोस् लाइभ (भिडियोसहित)

विराटनगर, १६ कात्तिक । जायन स्पोर्ट्स क्लब झापाको आयोजनामा आजदेखि सुरु ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ प्रतियोगिताको उद्धाटन खेल सुरु भएको छ । झापाको डोमालाल राजवंशी रङ्गशालामा भइरहेको उक्त खेलमा आयोजक जायोन स्पोर्ट्स क्लब झापा र भारतीय सिक्किम आक्रामक क्लब प्रतिस्पर्धामा छन् ।

cura insider

प्रतियोगितामा आयोजक जायोन स्पोर्ट्स क्लबसहित दुई वटा भारतीय क्लब, र संकटा क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, झापा ११, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देही र चर्च ब्वाइज काठमाडौंले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खवासले बताए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जायोन स्पोर्ट्स क्लब झापा र भारतीय सिक्किम आक्रामक क्लब भिड्ने छन् । प्रतियोगिताको दोस्रो खेल कात्तिक १७ गते आइतबार झापा ११ र नेपाल पुलिस क्लबबीच हुनेछ ।

Annapurna Hamro Gold cup 2019

Annapurna hamro gold cup jhapa domlal rajbanshi rangasala Birtamod LIVE !! Zion Sporting Club Jhapa Vs Aakraman FC Sikkim

Posted by Koshi Online on Saturday, November 2, 2019

jackson ribon