birat ribon

रोनाल्डोकी आमा भन्छिन्, ‘यदि फुटबल माफिया नभएको भए रोनाल्डोले अझै धेरै बालोन डी‘ओर जितिसक्थ्यो’

Neuro
रोनाल्डोकी आमा भन्छिन्, ‘यदि फुटबल माफिया नभएको भए रोनाल्डोले अझै धेरै बालोन डी‘ओर जितिसक्थ्यो’

एजेन्सी, १६ कात्तिक । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोकी आमा डोलोरेस एभेइरोले आफ्नो छोरा रोनाल्डो अझै धेरै बालोन डी‘ओरको हकदार भएको बताएकी छन् । पोर्चुगलको एक टिभीमा अन्तर्वार्ता दिने क्रममा एभेइरोले फुटबल माफिया नभएको भए रोनाल्डोले अझै धेरै बालोन डी‘ओर जितिसक्ने बताइन् ।

cura insider

aa

फुटबल माफियाका कारण आफ्ना छोराले पाउनु पर्ने अवार्ड नपाएको उनको भनाइ छ । व्यक्तिगत पुरस्कारमा पनि फुटबल माफियाका कारण रोनाल्डो पछि परेको उनको दाबी छ । उनले भनेकी छन्, ‘मेरो छोराले पाँच वटा बालोन डी‘ओर जितिसकेको छ । फुटबलको सरकारले उसँग उचित व्यवहार देखाएको छैन । यदि, फुटबल माफिया नभएको भए वा ऊ व्यक्तिगत रूपमा धेरै अवार्डको हकदार हुनेथियो ।’

इटालियन क्लब युभेन्टसबा खेलिरहेका रोनाल्डोले पाँच पटक बालोन डी‘ओर जितिसकेका छन् । ३४ वर्षीय उनी पुनः २०१९ को बालोन डी‘ओरको दौडमा छन् । उनी यो पटक यो अवार्ड जित्दै सर्वाधिक बालोन डी‘ओर जित्ने खेलाडीको कीर्तिमानी रच्ने दाउमा छन् । तर, उनकी आमा एभेइरोले भने स्पेनिस वा इंग्लिस फुटबलर नभएकै कारण रोनाल्डो व्यक्तिगत अवार्डमा पछि परेको सुनाइन् ।

उनले भनिन्, ‘यदि, फुटबल माफिया नभएको भए मेरो छोराले व्यक्तिगत रूपमा धेरै पुरस्कार पाउने थियो । यदि, ऊ स्पेनिस वा इंग्लिस फुटबलर भएको थियो भने उनीहरूले रोनाल्डोलाई उचित व्यवहार गर्नेथिए । तर, पोर्चुगलको भएका कारण उसले पाउनु पर्ने पुरस्कार पनि पाएन ।’

jackson ribon