birat ribon

प्रिमियर लिग : आज आठ खेल हुँदै, सिटी, लिभरपुल, युनाइटेड र चेल्सी पनि प्रतिस्पर्धामा

Neuro
प्रिमियर लिग : आज आठ खेल हुँदै, सिटी, लिभरपुल, युनाइटेड र चेल्सी पनि प्रतिस्पर्धामा

विराटनगर, १६ कात्तिक । इंग्लिस प्रिमियर लिगमा आज ८ खेल हुँदैछन् । जारी लिगको ११औं साताका खेलअन्तर्गत आज १६ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

आजको खेलमा साबिकको विजेता म्यानचेष्टर सिटी, उपविजेता लिभरपुलका साथै म्यानचेष्टर युनाइटेड, आर्सनल, चेल्सी जस्ता टोलीहरू प्रतिस्पर्धामा छन् । आजको पहिलो खेलमा म्यानचेष्टर युनाइटेडले बर्नेमाउथसँग खेल्दैछ । नेपाली समयअनुसार साँझ ६ः१५ बजेबाट हुने उक्त खेल बर्नेमाउथको घरेलु मैदानमा हुनेछ ।

cura insider

यस्तै दोस्रो खेलमा वेस्ट ह्याम र न्यूकासलले खेल्दा तेस्रो खेलमा साबिकको उपविजेता लिभरपुलले एस्टोन भिल्लासँग खेल्दैछ । लिभरपुल र एस्टोन भिल्लाबीचको खेल साँझ ८ः४५ बजेबाट भिल्लाकै घरेलु मैदानमा हुनेछ । आजको चौथो खेलमा आर्सनल र वुल्भसले खेल्नेछन् । आर्सनलकै घरेलु मैदानमा हुने उक्त खेल साँझ ८ः४५ बजे नै हुनेछ ।

राति ८ः४५ बजे नै हुने अर्को खेलमा डिफेन्डिङ च्याम्पियन क्लब सिटीले साउथह्याम्पटनसँग खेल्नेछ । यो खेल सिटीकै घरेलु मैदानमा हुनेछ । आजको अन्तिम खेलमा चेल्सी र वाटफोर्ड भिड्नेछन् । यो खेल वाटफोर्डको घरेलु मैदानमा हुने उक्त खेल राति ११ः१५ बजेबाट सुरु हुनेछ ।

जारी लिगमा दसौं चरणको खेल सकिँदासम्म लिभरपुल २८ अंकसहित शीर्ष स्थानमा छ भने सिटी २२ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै २०अंक भएको लेइस्टर सिटी तेस्रो स्थानमा हुँदा चेल्सी चौथो तथा आर्सनल पाँचौं स्थानमा छ । चेल्सीसँग २० अंक छ भने आर्सनलसँग १६ अंक छ । छैटौं स्थानमा १५ अंक भएको क्रिस्टल प्यालेस हुँदा १३ अंक भएको युनाइटेड सातौं स्थानमा छ ।

आज हुने खेलहरूः

  1. बर्नेमाउथ भर्सेस म्यानचेष्टर युनाइटेड– साँझ ६ः१५ बजे
  2. वेस्ट ह्याम भर्सेस न्यूकासल– साँझ ८ः४५ बजे
  3. एस्टोन भिल्ला भर्सेस लिभरपुल– साँझ ८ः४५ बजे
  4. आर्सनल भर्सेस वुल्भस – साँझ ८ः४५ बजे
  5. शेफ युनाइटेड भर्सेस बर्नेली– साँझ ८ः४५ बजे
  6. ब्राइटन भर्सेस नर्विच सिटी– साँझ ८ः४५ बजे
  7. म्यानचेष्टर सिटी भर्सेस साउथह्याम्पटन– साँझ ८ः४५ बजे
  8. वाटफोर्ड भर्सेस चेल्सी– साँझ ११ः१५ बजे

jackson ribon