fbpx

दैनिक बिहान खाली पेटमा ४ गिलास पानी पिउनुका फाइदाहरूबारे जान्नुहोस्

विराटनगर, १६ कात्तिक । पानी हाम्रो शरीरका लागि एकदम अत्यावश्यक पदार्थ हो । यसको कमीबाट हाम्रो शरीरमा डिहाईड्रेसन हुन्छ, जसका कारण हामी बेहोस हुने गर्छौँ । पानी नखाइ अवस्था लामो समयसम्म बस्दा मानिसको मृत्यु नै हुन सक्छ ।

हाम्रो शरीरलाई दैनिक २–३ लिटर पानी जरुरत पर्छ । अझ, बिहान खाली पेटमा पानी खाँदा तर स्वास्थ्यमा अझ बढी फाइदा हुन्छ । यदि, हामीले बिहानै ४ गिलास पानी पिउने बानी बसाल्यौं भने हामीमा विभिन्न रोगले सताउन सक्दैन । खाली पेटमा पानी पिउँदा हाम्रो शरीरमा भएको टक्सिन सफा भइ हाम्रो रगत शुद्ध हुने गर्छ ।

खाली पेटमा पानी पिउँदा शरीरलाई आवश्यक पर्ने तत्व र कोशिका निर्माण हुँदै जान्छ भने हाम्रो शरीरका मांसपेशीसमेत बलियो हुन्छ । यसो गर्दा मेटाबोलिज्म सक्रिय हुन्छ जसले गर्दा कब्जियतको समस्या हुँदैन । यदि मोटोपन बाट दुखित हुनुहुन्छ भने यसले हाम्रो तौल घटाउनमा मद्दत गर्छ । कब्जियत नभएपछि पेटसम्बन्धी हुने अन्य रोग लाग्ने सम्भावना कम हुँदै जान्छ ।

यस्तो बानी बसाएमा शरीरभित्र रहेका हानीकारक तत्व र रगत सफा हुने गर्छ जसले हाम्रो छालालाई सफा र चम्किलो बनाउँछ । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गरेको हुन्छ ।

बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौलामा लाग्ने विभिन्न रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुने र पेट पनि कम दुख्ने गर्छ । हामीले बिहानै ४ गिलास पानी पिउन सके हामीलाई उर्जा प्राप्त हुने गर्छ र हामीलाई थकान मुक्त भएको आभास हुन्छ । बिहानै धेरै पानी पिउन सकिएन भने दैनिक १ गिलासबाट शुरु गरेर मात्रा बढाउँदै लैजानु पर्छ ।

Loading...