fbpx

टिपर दुर्घटनामा परी चालकको ज्यान गयो

काभ्रेपलाञ्चोक, १६ कात्तिक । काभ्रेपलाञ्चोकमा टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बीपी राजमार्ग खण्डको पात्लेखेतस्थित शनिबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरिका अनुसार नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा४ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।

उनका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खस्दा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो । बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ । रासस

Loading...