fbpx

छठ पर्वको विस्तारमा विराटनगर जुट मिलको योगदान

रामचन्द्र साह,  संस्कृति विद

हिन्दु धर्म संस्कृतिमा धेरै चाडपर्वहरु छन् । चाडपर्वहरु मध्ये छठ पर्वलाई आस्थाको प्रतिकको रुपमा लिइन्छ । अझ भारतमा छठ पर्वलाई आस्थाको महापर्वको रुपमा मनाउने प्रचलन छ ।

यो विधिपूर्वक गरिने पूजा हो । यसलाई आरोग्यताको प्रतिकको रुपमा लिइन्छ । छठ पर्वको महत्वका कारण विभिन्न धर्म संस्कृति मान्नेहरुले पनि यो पर्व मनाउँछन् । पहिले चर्म रोग र निशन्तान महिलाले सन्तान प्राप्तिका लागि दण्डप्रणाम गर्दै व्रतबस्दा मनोकांक्षा पूर्ण हुने विश्वास थियो । अहिले पनि छ । छठमा कठिन साधना हुन्थ्यो । अहिले पनि कठिन साधना गर्नेहरु छन् ।

छठमा विशेष गरि अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । छठको पूजामा प्रकृतिमा उपलब्ध भएका फलफूलहरुलाई पूजा सामाग्रीको रुपमा प्रयोग गरिन्छ । जमिनमा उपलब्ध हुने फलफूलसँगै पानी भित्र पाइन जल सिंगडा पनि प्रसादको रुपमा प्रयोग हुन्छ ।

प्रकृतिमा उपलब्ध हुने बस्तुसँगै हस्त निर्मित ठेकुवा, खरना पनि बन्छ । मलाई लाग्छ कुनै पनि चाडपर्वहरुमा यति वृृहत रुपमा पूजाका लागि संकलन हुँदैन् ।

अदभुत संगम हो, छठ पूजा । यो आस्थाले हिन्दु संस्कृतिलाई झल्काउँछ । समाजिक मेलमिलापको वातावरण सृजना गर्छ । एउटै घाटमा गएर पूजा गर्दा समाजमा एकअर्कासँग घुलमिल हुने अवसर सृजना गर्छ ।

छठ पर्वको सुरुवात परापूर्व कालदेखि नै भएको हो । हाम्रा बाजेहरुले पहिलेदेखि नै मनाउँदै आएका हुन् । तर विराटनगरको हकमा विसं. १९९२ बाट यसको महत्व बढेको देखिन्छ ।

१९९२ मा विराटनगर जुट मिल स्थापना भयो । चन्द्र समसेरको पालामा स्थापना भएको उद्योगमा विदेशबाट कामदार ल्याइयो । नेपालमा कामदार अभाव भएका कारण भारतबाट काम गर्नेहरु आए । त्यसबेला आएका मासिनहरुले यहाँ बसेका बेला छठ पर्व मनाउन थाले । उनीहरुले मनाउन थालेपछि यहाँ घाटमा गएर छठ पर्व मनाउने क्रममा सुत्रपात भएको पाइन्छ ।

विराटनगरमा छठ पर्व वृहत हुनमा भारतबाट कामकालागि आएका कामदारहरुको पनि देन छ । तर यो विषय लिपी बद्ध भएको छैन् । खोज अध्ययनको विषय बनेको छ ।

नेपालमा वैदिक कालदेखि छठ पर्व मनाएको विश्वास छ । जुटमिल स्थापना भएपछि भने विराटनगर तिव्र्र रुपमा मनाउन थालिएको हो । हरेक विषयमा राम्रासँगै नराम्रा पक्ष पनि हुन्छन् । छठ पर्वको संकृतिमा केही विकृति भित्रिएका छन् । देखा सेखी गर्ने परम्परा, तडक भडक गर्ने शैली विकृति हो ।

(कोशी अनलाइनसँगकाे कुराकानीमा आधारित)

Loading...