fbpx

पत्रपत्रिकामा प्रदेश : निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना छनोटमा विवाद

विराटनगर १६ कात्तिक । मोरङको क्षेत्र नम्बर ६ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना छनोटमा विवाद भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले योजना छनोटमा एकलौटी गर्न खोजेको भन्दै नेकपाका संसाद तथा स्थानीय तहका प्रमुहहरुले छनोट बैठक नै बहिस्कार गरेका छन् । यो समाचार नागरिक दैनिकको पूर्वेली पृष्ठमा छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मोरङ क्षेत्र नम्बर ६ का संयोजक मन्त्री पण्डित रहेका छन् ।

यस्तै सदस्यहरुमा प्रतिनिधिसभा सांसद डिला संग्रौला, राष्ट्रियसभा सांसद रमेशजंग रायमाझी, विराटनगर महानगरका प्रमुख भीम पराजुली, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, सुन्दर हरैचाका प्रमुख शिव ढकाल र जिसस मोरङका संयोजक नरेश पोखरेल छन् । मन्त्रीले एकलौटी रुपमा योजना राख्न खोजेपछि बैठक बहिस्कार गरेको स्थानीय तहका प्रमुखहरुले बताए ।  यही समाचार आजको ब्लाष्ट टाइम्सले पनि मुख्यपृष्ठमा छापेको छ ।

झापाको विरिङ खोलामा पुल नबन्दा सर्वसधारणले महँगो शुल्कमा खोला वारपार गर्नु पर्ने बाध्यता रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ । निर्माण सुरु भएको ८ वर्षमा पनि अपुरो भएपछि जोखिमपूर्ण र महँगोमा खोला तर्न झापको बाह्रदशी र झापा गाउँपालिकाका सर्वसाधारण बाध्य छन् । झापा गाउँपालिकाक५ पन्तापाराका शिवनारायण यादवले हिउँदमा आफ्नो छेउमा बाँसको पुल हाल्ने र बर्खामा डुंगाबाट वारपार गर्ने गर्छन् । उनले १५ सय देखि २ हजार रुपैयाँ वार्षिक ठेक्कामा खोला तार्ने काम गर्दै आएका छन् ।

नेकपाले धनपालथानको उम्मेदवार सिफारिस गरेको समाचार जनविद्रोह दैनिकले मुख्य समाचार बनाएको छ । नेकपाले मंसिर १४ गते हुने उपनिर्वाचनको लागि मोरङको धनपालथान वडा नम्बर २ को अध्यक्ष पदको लागि उम्मेदवार सिफारिस गरेको हो । नेकपा मोरङले पंकज मण्डल, अशोक मण्डल र यदुनन्दन साहको नाम सिफारिस गरेको छ । उम्मेदवारको नाममा सर्वसहमति बन्न नसकेपछि जिल्ला कमिटिले पनि स्थानीय तहले पठाएको नाम नै प्रदेशमा पठाएको हो । कांग्रेसले भने सर्वसम्मत रुपमा यसअघि पराजित उम्मेदवार नारायणप्रसाद साहको नाम सिफारिस गरेको छ ।

सुत्केरीको मृत्युपछि विराट अस्पतालमा तनाव भएको समाचार उद्घोष दैनिकले छापेको छ । डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त र छिमेकीहरुले विराटनगर २ को विराटनगर अस्पताल (विराट नर्सिङ होम)मा घेराउ गर्दै नाराबाजी गरेका छन् । लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्नु पर्ने उनीहरुको माग छ ।

दहवी ८ सोनापुरकी रोमिला कार्की घिमिरेले मंगलबार टंकी सिनवारीमा रहेको विराट मेडिकल कलेजमा विना शल्यकृया सामान्य रुपमा बच्चा जन्माएपनि रक्तश्राव धेरै भएपनि नर्सिङ होममा सारेर पाठेघर नै अप्रेसन गरि फालिएको थियो । अप्रेसनपछि रमिलाको अवस्थाबारे जानकारी नदिएको आफन्तहरुले बताए नवजात शिशुको पनि मृत्यु भएको छ ।

Loading...