fbpx

दिल्ली बन्यो ग्यास च्याम्बर, विद्यालय ५ दिनलाई बन्द

नयाँ दिल्ली १५ कात्तिक । भारतको राजधानी दिल्लीमा वायु प्रदुषण बढेपछि ग्यास च्याम्बर जस्तै बनेको टिप्पणी हुन थालेको छ । विभिन्न भारतीय सञ्चार माध्यमले दिल्ली ग्यास च्याम्बर बनेको उल्लेख गरेका छन् ।

दिल्लीको वायुमण्डलमा धुवाको तह नै जम्मा भएको छ । जसले गर्दा स्वास फेर्न नै समस्या भएको छ । एयर क्वालिटी इन्डेक्स ५ सयदेखि ७ सयको बीचमा पुगेको छ । आकासमा विषाक्त धुँवा जम्मा भएको र यसले बच्चाहरुलाई ज्यादै असर गर्ने पर्यावरण प्रदुषण रोकथाम तथा नियन्त्रण विभागले जनाएको छ ।

विभागका अनुसार अहिले दिल्लीमा आपतकालको अवस्था रहेको छ । धुँवाको तह वायुमण्डलमा जम्मा भएपछि दिल्लीको सरकारी कार्यालय लगायतको कामकाज पनि प्रभावित भएको छ ।

दिल्लीका विद्यार्थी तथा सर्वसाधारणहरुलाई ५० लाख मास्क समेत वितरण गरिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा २० गुणा ज्यादा प्रदुषण अहिले दिल्लीमा रहेको बिबिसीले उल्लेख गरेको छ ।

Loading...