fbpx

चीनमा ५ जी सेवा सुरु

चीन । चीनको मोबाइल सेवा कम्पनीहरुले ग्राहकको लागि ५ जी सेवा सुरु गरेका छन् । योसंगै चीनले विश्वमा टेक्नोलोजीको क्षेत्रमा ठुलो छलाङ् मारेको छ ।

चीनको सरकारी मोबाइल सेवा कम्पनी चाइना मोबाइल, चाइना यूनीकम र चाइना टेलीकॉम ने बिहीबारदेखि ५ जी डाटा योजनाको घोषणा गरेका छन् । यो घोषणा चीन र अमेरिकाबीचको व्यापार र टेक्नोलोजीमा देखिएको युद्धको अवस्थामा भएको हो ।

चीन भन्दा अघि दक्षिण कोरिया, अमेरिका, ब्रिटेनले यही वर्ष ५ जी नेटवर्क सुरु गरेका छन् । चैनले ५ जी नेटवर्क सुरुवात गर्दै १२८ युआनदेखि ५९९ युआनसम्मको योजना जारी गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अर्काे वर्षबाट ५ जी सेवा सुरु गर्ने योजना रहेको बताएपनि चीनले ५० सहरमा बिहीबारबाटै सेवा विस्तार गरेको हो ।

यसमा बेइजिङ, सांघाई लगायतका ठुला सहर सामेल छन् । दु्रत गतिको यो ५ जी नेटवर्कको सेवा शुल्क भने नेपाली रुपैयाँमा झण्डै २ हजार देखि १० हजार रुपैयाँसम्मको रहेको छ । ५ जी नेटवर्क सुरु गर्न धेरै उपकरण ख्वावे कम्पनीको प्रयोग भएको छ ।

Loading...