fbpx

बिहे गर्दै काजल अग्रवाल, कोसँग कस्दैछिन् लगन गाँठो ?

विराटनगर, १५ कात्तिक । साउथ इन्डियन अभिनेत्री काजग अग्रवालले विवाह गर्ने भएकी छन् । साउथ सिनेमामा आफूनो पहिचान बलियो बनाउन सफल अभिनेत्री काजल आउँदो वर्ष विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ss

‘पिंकविला’ को एक रिपोर्टअनुसार काजल अग्रवालले आगामी वर्ष २०२० मा नै लगन गाँठो कस्ने भएकी छन् । खबरका अनुसार उनले चलचित्र क्षेत्रको नभएर एक बिजनेसम्यानसँग लगन गाँठो कस्ने छिन् । यस कुराको जानकारी काजल आफैंले मिडियालाई दिएको पिंकविलाको रिपोर्टमा उल्लेख गरिएको छ ।

साउथ फिल्ममा मात्र नभएर बलिउडमा पनि आफ्नो छाप छोड्न सफल अभिनेत्री काजलले आफूले रोजेको नभएर घरपरिवारले हेरेको केटासँग विवाह गर्न लागेको जनाइएको छ । यद्यपि, काजलले विवाह गर्न लागेका बिजनेसम्यानका बारेमा भने केही खुलाइएको छैन ।

३४ वर्षीय काजल पछिल्लो समय आफ्ना आगामी फिल्महरूको छायांकनमा व्यस्त छिन् । जसलाई पूरा गरेर मात्र काजलले बिहे गर्ने बताइएको छ । काजल अहिले ‘इण्डियन २’ को छायांकनमा छिन् । यस फिल्ममा कमल हसन र रकुल प्रीत पनि मुख्य भूमिका देखिन लागेकी छन् ।

यसबाहेक काजल अग्रवाल बलिउड फिल्म ‘मुम्बई सागा’मा पनि छिन् । यस फिल्ममा काजल जोह्न अब्राहमका साथ पर्दामा देखिने छिन् ।

Loading...