fbpx

यस्ता महिलाहरू हुन्छन् मोटोपनाको शिकार

विराटनगर, १५ कात्तिक । पछिल्लो समय मोटोपना धेरैजसो मानिसहरूको समस्या बनिरहेको छ । यसको मुख्य कारण भनेको स्वस्थबद्र्धक खाना समयमा नखानु, धेरै खानु, साथै लामो समयसम्म एकै ठाउँमा बसिरहनु पनि हो ।

एक अध्ययनले पुरुषका तुलनामा सहरमा बस्ने २५ देखि ५० वर्षको उमेरका ७५ प्रतिशत कामकाजी महिलाहरू मोटोपनाको शिकार हुने गरेको देखाएको छ । जो महिलाहरू अफिसमा अधिक मात्रामा काममा जुट्छन् ति महिलाहरू नै यसको शिकार हुने एक अध्ययनको निष्कर्ष छ । ८ देखि ९ घण्टासम्म लगातार कम्प्युटरहरूमा काम गर्ने महिलाहरू मोटोपनको सिकार बनिरहेका छन् ।

उनीहरू त्यो समयावधिभरिमा मुस्किलले दुईदेखि ३ पटक मात्रै आफ्नो कुर्सीबाट उठ्ने गरेको देखिन्छ । त्यो पनि टोइलेट तथा क्यान्टिनमा गएर चिया, कफी र खाजा लिनको लागि मात्रै । कामको प्रकृति र त्यसको असरले गर्दासमेत उनीहरूलाई पत्तो नै हुँदैन र उनीहरू आफ्नो खानालाई दोष दिइरहेका हुन्छन् । विभिन्न सहरहरू र केही औद्योगिक क्षेत्रमा काम गरिरहेका महिलाहरूको कार्यशैली र उनीहरूको खानपिनको बारेमा सर्वेक्षण तथा अध्ययन गरिएको थियो ।

उक्त अध्ययनका अनुसार उत्पादनसँग जोडिएको क्षेत्रमा काम गर्ने मानिसको तुलनामा सेवा क्षेत्रमा काम गर्ने मानिसहरू धेरै अल्छी हुने गरेका छन् । मोटोपनले स्वास्थ्यमा अन्य रोगहरू समेत निम्त्याउने गर्छ ।

Loading...