fbpx

तीन वटा सुन्तला बराबर एउटा अमला

विराटनगर, १५ कात्तिक । अमला अमिलो स्वाद भएको एक पौष्टिक फल हो । जसमा भिटामिन ‘सी’ को राम्रो स्रोत हुन्छ र यसैकारण यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्त्व हुन्छन् ।

आयुर्वेदमा दैनिक १ वटा अमला खाएको बराबर ३ वटा सुन्तलामा भन्दा धेरै भिटामिन हुने उल्लेख गरिएको छ । अमलालाई सुख्खा चूर्ण, औषधि, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ । अमलाको नियमित सेवनले आँखाको ज्योति बढाउनुका साथै, तेजिलो दिमाग र कपाल तथा छालाका विभिन्न समस्याबाट टाढा राख्न मद्दत गर्छ ।

नियमित रूपमा अमलाको सेवन गरेमा बुढ्यौली पनि रोक्ने अध्ययनहरूले जनाएका छन् । अमलामा पाईने भिटामिन सीले हड्डी बलियो बनाउने हुँदा विशेषगरी गर्भवतीका लागि अमला स्वस्थबर्धक मानिन्छ । प्रत्येक दिन एउटा अमला खानाले पेट सफा राख्न मद्दत गरेर पाचन प्रक्रियालाई सक्रीय पारेर कब्जियत हुन दिँदैन, झाडापखाला रोक्नुका साथै ग्यास्ट्रिकलाई पनि केही हदसम्म कन्ट्रोल गर्नुका साथै पेटमा देखा पर्ने अन्य समस्याहरूबाट मुक्ति मिल्छ ।

अमलाको चूर्णलाई मुलामा राखेर खादा मुत्राशयको पथ्थरी हटाउन मद्दत गर्छ ।. अमलाको रसमा मह मिसाएर खानाले मधुमेहका रोगीलाई राहत मिल्छ । राति अमलाको चूर्णलाई पानीमा भिज्न दिने र बिहान त्यो पानी पिउनाले पेट सम्बन्धी समस्या हट्छन र पाचन पक्रिया बलियो हुन्छ । नियमित एक वा दुई दाना ताजा अमला खानाले पेट सफा हुन्छ ।

दैनिक एउटा अमलाको सेवन गर्नाले फोक्सोसँग सम्बन्धित रोगहरू लाग्न दिँदैन । अमलामा पानीको मात्रा बढी हुने भएकाले पिसाबसम्बन्धी समस्यालाई निवारण गर्छ । अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्ने हुँदा अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत भएर युरिक एसिड र किड्नीसँग सम्बन्धित रोगहरू लाग्न दिँदैन ।

दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगाउनुका साथै आँखाको ज्योतिलाई अझ बढी शक्तिशाली बनाउँछ । गर्भावस्थामा हुने बान्ता रोक्न अमलाको मुरब्बा खान सकिन्छ । अमलाको चूर्णलाई गुलाब जलमा मिसाएर अनुहारमा लगाउँदा दागहरू हराउँछन् । गर्मीमा रिगांटा लाग्ने वा बेचैनी भए अमलाको सर्बत पिउन सकिन्छ । अमलाको प्रयोगबाट कपाल कालो र चम्किलो हुन्छ ।

Loading...