fbpx

धरानको प्रमुखका लागि नेकपाबाट तीन जनाको नाम सिफारिस

धरान, १५ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले धरानको प्रमुखको रूपमा तीन जनाको नाम सिफारिस गरेको छ । सत्तारुढ दल नेकपाको उपमहानगर कमिटीले उम्मेदवारको टुंगो लगाउन नसकेपछि प्रमुख पदको दाबेदार ३ जनाको नाम सिफारिस गरेको हो ।

नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीका अनुसार जिल्ला सदस्य प्रकाश राई, वोक्वाहाङ चोत्लुङ( सुब्बा) र बेनु काफ्लेको नाम सिफारिस गरेको हो । केन्द्रीय कमिटीले तोकेको समय सीमाभित्र तीनजना दाबेदारको नाम पठाएको सुवेदीले बताए । प्रदेश हुँदै केन्द्रीय कमिटीले उम्मेदवारको टुंगो लगाउने छ । सिफारिसमा तीनै जना पार्टीको जिल्ला सदस्य हुन् । प्रकाश क्षेत्र नम्बर १ संयोजक हुन भने फोक्वाहाङ धरान नगर इञ्चार्ज हुन् । फोक्वाहाङ पूर्वमाओवादी हुन् ।

धरानको मेयर पदको नेकपाभित्र केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई पनि दाबेदारको रूपमा प्रस्तुत भएका थिए । तर, पछि उनीहरू पछि सरेपछि तीनजनाको नाम सिफारिस भएको हो ।

Loading...