fbpx

पेरिस मास्टर्सको क्वाटरफाइनलमा पुगे राफेल

विराटनगर १५ कात्तिक । राफेल नाडाल पेरिस मास्टर्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । फान्सको पेरिसमा जारी प्रतियोगितामा दोस्रो वरीयताका स्पेनिस खेलाडी नाडालले १६ औं वरीयताका स्वीस खेलाडी स्टानिस्लास वावरिन्कालाई २–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा पुगेका हुन् ।

उनले ६–४ र ६–४ को सोझो सेटमा स्टानिलस्लासलाई हराएका हुन् । अब उनले क्वार्टरफाइनलमा फ्रान्सका जो विल्फ्रेड सोङ्गासँग प्रतिस्पर्धा गर्नु पर्ने छ ।

शीर्ष वरीयताका नोभाक जोकोभिचले बेलायती खेलाडी कायल एडमण्डलाई हराउँदै अन्तिम आठमा पुगेका छन् । ३२ वर्षे जोकोभिचले एडमण्डलाई ७–६,९–७ र ६–१ को सेटमा हराएका थिए । जोकोभिचले क्वार्टरफाइनलमा ग्रिसका स्टेफानोस सिट्सिपाससँग खेल्ने छन् ।

Loading...