fbpx

अबु इब्राहिम अल हाशमी इस्लामिक स्टेटका नयाँ नेता

विराटनगर १५ कात्तिक । इस्लामिक स्टेट (आईएसआई)ले सुप्रिम कमाण्डरलाई मारेको पुष्टि गर्दै नयाँ उत्तराधिकारीको नाम घोषणा गरेको छ । नेता अबु बक्र अल बगदादीको मृत्यु भएको पुष्टि गर्दै इस्लामिक स्टेटले म्यासेजिङ सर्विस टेलीग्रामबाट नयाँ नेताका रुपमा अबु इब्राहिम अल हाशमीको नाम सार्वजनिक गरेको हो ।

अडियो सन्देशमा इस्लामिक स्टेटका प्रवक्ता अबु अल हसन अलि मुहाजिरको समेत मृत्यु भएको पुष्टि गरेको छ । २७ अक्टोबरमा अमरीकी कुर्द सुरक्षा फौजको अपरेशनमा उनको मृत्यु भएको थियो । अबु हम्जा अल कुरैशी इस्लामिक स्टेटका नयाँ प्रवक्ता घोषणा गरिएको छ ।

नयाँ नेता अबु इब्राहिम अल हाशमीको विषयमा अमेरिकी सुरक्षाबललाई केही जानकारी नभएको र आईएसआईले समेत उनको बारेमा जानकारी दिएको छैन् । उनको तस्विर समेत सार्वजनिक गरेको छैन् । इस्लामिक स्टेटले अबु इब्राहिम जिहादी र पश्चिमा देशका विरुद्ध धेरै लडाई लडेको उल्लेख गरेको छ ।

अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले गएको आइतबार चरमपन्थी संगठन इस्लामिक स्टेट के प्रमुख अबु बक्र अल बग्दादीलाई सीरियामा अमेरिकी सेनाको स्पेशल फोर्सले मारेको बताएका थिए । चरमपन्थी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल बग्दादीलाई मार्नु अमेरिकी राष्ट्रपतिको लागि ठुलो जित रहेको बिबिसी हिन्दीले जनाएको छ ।  बग्दादीको नेतृत्वमा रहेको बेला हिंस्रक चरमपन्थी संगठन इस्लामिक स्टेट अफ्रिकादेखि अष्ट्रेलियासम्म फैलिएको थियो ।

Loading...