छठका लागि यसरी सजाइदैछ विराटनगरका जलाशय (फोटो फिचर)

रंगेली १४ कात्तिक । सूर्यको अनुष्ठान गरिने छठ पर्वको तयारी सुरु गरिएको छ । जलासयबाट अस्ताउँदो र उदाउँदा सूर्यलाई अर्घ्य दिएर उपासना गरिने पर्वका लागि नदी किनार सजाउन थालिएको हो ।

विराटनगर महानगरपालिकाको सहयोगमा विभिन्न स्थानमा रहेका जलाशयको सरसफाइको काम थालिएको छ । विराटनगर हुँदै बग्ने सिंघीया, केशलीया नदीसँगै सुनसरी मोरङ सिचाई आयोजनाको नहरको सरसफाई गर्दै सजाउन थालिएको हो । छठका लागि मोरङका बक्राहा, चिसाङ, डाँस, केर्खालगायतका खोला तथा नहरहरु सजाउन थालिएको हो ।

आफ्नो मनोकामना पुरा हुने विश्वासका साथ श्रद्धालुहरुले नियमित छठको व्रत बस्ने गरेका छन् ।छठलाई आवश्यक सामाग्री किनमेल गर्नेहरुको भिड बढेको छ । सर्बसाधरणहरु आ–आफ्नो क्षमता अनुसार छठ पर्वका लागि किनमेलमा व्यस्त भएका हुन् ।

नियम, निष्ठा र विधिपूर्वक मनाइने छठका लागि बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री, नरिवल र सख्खर किनमेलमा गर्न श्रद्धालु व्यस्त भएका हुन् । सर्बसाधरणको बजारमा भिड बढ्न थालेको खुद्रा व्यावसायी संघका अध्यक्ष सञ्जय यादव बताउँछन् ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि भक्तहरु ब्रत बस्ने गर्छन् । चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु बार्ने चलन छ ।

Loading...