fbpx

रेलमा आगो लाग्दा ७३ जनाको जलेर मृत्यु

पाकिस्तान १४ कात्तिक । पाकिस्तान रेलवे की तेजगाम एक्सप्रेसमा आगलागी हुँदा कम्तिमा ७३ जनाको मृत्यु भएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन् । तेजगाम एक्सप्रेस कराचीबाट रावलपिण्डी जाने क्रममा लियाकतपुरमा तीन डब्बामा आगो लागेको हो ।

आगलागीमा परि ४० जना घाइते भएका छन् । घाइतेहरुको शेख जायद अस्पतालको वर्न सेन्टरमा उपचार भइरहेको छ । रेलमन्त्री शेख राशिद अहमदले पीडितहरुले बोकेको ग्यास सिलिण्डर विस्फोट भएपछि आगो लागेको बताए ।

धार्मीक यात्रामा रहेका यात्रीहरुले नास्ता र खान बनाउने सामान सहित ग्यास सिलिण्डर बोकेर यात्रा गरेको उनको दाबी छ । आगो नियन्त्रणमा आएको र घाइते सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए ।

Loading...