fbpx

‘दबंग ३’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, १४ कात्तिक । बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म ‘दबंग ३’ को शीर्ष गीत सार्वजनिक भएको छ । उक्त फिल्मको ‘हुड हुड’ बोलको शीर्ष गीत बिहीबार सार्वजनिक गरिएको हो ।

सलमान फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा देखिएको उक्त फिल्मको टाइटल गीतमा दीव्य कुमार, सबाब साब्री र साजिद वजिदले स्वर दिएका छन् । साजिदकै संगीतमा बनेको उक्त गीतका गीतकार भने जलीस शेर्वानी हुन् ।

डिसेम्बर २० मा रिलिज हुने सो फिल्ममा सलमान, अभिनेत्री सोनाक्षी र साइ माञ्जरेकरका साथ माही गिल, टिनु आनन्द, सुदीप किच्चा र अरबाज खानलगायतको कलाकारहरूको मुख्य भूमिका रहेको छ । फिल्ममा कन्नडका सुपरस्टार सुदीपले भिलेनको भूमिका निर्वाह गरेका छन् । फिल्ममा सलमानले चुलबुल पाण्डेको युवा अवस्था र वयस्क अवस्थाको भूमिका निर्वाह गरेका छन् ।

वयस्क सलमानको पत्नीको भूमिकालाई सोनाक्षी सिन्हा देखिएकी छन् भने युवा सलमानको नायिकाको रूपमा साइको भूमिका रहेको छ । प्रभु देवाले निर्देशन गरेको फिल्मलाई सलमान, अरबाज र निखिल द्विवेदीले निर्माण गरेका हुन् । फिल्मको कथा सलमान आफैँले लेखेका हुन् भने पटकथामा प्रभु देवा, दिलिप शुक्ला र अलोक उपाध्यायले सहकार्य गरेका छन् ।

Loading...