fbpx

‘गुलाबो सिताबो’मा यस्तो देखिए अमिताभ र आयुष्मान

विराटनगर, १४ कात्तिक । बलिउड अभिनेताद्वय अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म ‘गुलाबो सिताबो’को फर्स्ट लूक सार्वजनिक भएको छ । उक्त फिल्म निर्माताहरूले फिल्मको पोस्टर बाहिर सार्वजनिक गरेका हुन् ।

जसमा, अमिताभ एक बुढा मानिसको भूमिकामा देखिएका छन् भने आयुष्मान एक जवान मानिसको भूमिकामा छन् । यो फिल्म आउँदो वर्ष २०२० को २८ फेब्रुअरीमा प्रदर्शनमा आउँदैछ । शुजीत सरकारद्वारा निर्देशित उक्त फिल्म ‘पीकू’ फेम जूही चतुर्वेदीले लेखेका हुन् ।

aa

यो फिल्म कमेडी विधामा बनेको बताइएको छ । अमिताभ र आयुष्मानबाहेक उक्त फिल्ममा सबूर अली, नलनीश नील र टीना भटियाको पनि मुख्य भूमिका रहेको छ ।

Loading...