fbpx

सन्दीप बने सर्वाधिक धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडी !

विराटनगर, १४ कात्तिक । नेपाली लेग स्पीनर सन्दीप लामिछाने सर्वाधिक धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडी बनेका छन् । क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’को सर्वेक्षणअनुसार सन्दीप टी–२० क्रिकेटमा लागि धेरै राष्ट्रमा खेल्ने खेलाडी बनेका हुन् ।

क्रिकेट मन्थ्लीले हालै सार्वजनिक गरेको उक्त सर्वेक्षणमामा सन्दीप ८ राष्ट्रमा क्रिकेट खेल्ने खेलाडी बनेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज लिग खेल्न थालेका सन्दीपले बिग बास, सीपीएल, बीपीएल र एल जस्ता चर्चित लिगमा आफ्नो सहभागिता जनाइसकेका छन् । भारतबाट आईपीएल खेल्दा बंगलादेशबाट बिपीएल, अष्ट्रेलियाबाट बिग बास, वेष्ट इण्डिजबाट सीपीएल, पाकिस्तानबाट पीएसएल, अफगानिस्तानबाट एपीएल, क्यानाडाबाट ग्लोबल टी–२० र युएईको टी–१० लिग खेल्दै उनी ८ देशबाट खेल्ने खेलाडी बनेका हुन् ।

उक्त सर्वेक्षणले सन्दीपले अक्टोबर २०१८ देखि सेप्टेम्बर २०१९ सम्म ८ वटा देश भ्रमण गरेको देखाएको छ । सन्दीपसँगै अफगानिस्तानका नाजिबुल्लाह जाड्रन पनि ८ वटा राष्ट्र देशबाट खेल्ने खेलाडी बनेका छन् । अफगानिस्तानकै राशिद खान, रहमत शाह, श्रीलंकाका थिसरा परेरा, इशुरु उडाना र न्यूजिल्याण्डका कोलिन मुन्रोले भने ७ राष्ट्रबाट सहभागिता जनाएका छन् ।

dsf

यसैगरी सर्वाधिक धेरै टोलीबाट खेल्ने क्रिकेटरमा भने सन्दीप दोस्रो स्थानमा छन् । धेरै टोलीबाट सहभागिता जनाउनले क्रिकेटर भने अफगानिस्तानका क्वाइस अहमद हुन् । उनले सर्वाधिक ८ टिमबाट खेलेका छन् । यता, दोस्रो स्थानका सन्दीपले भने ७ टिमबाट खेलेका छन् । सन्दीपले नेपाल, दिल्ली क्यापिटल्स, मेलबर्न स्टार्स, लाहोर क्वालान्डर्स, बर्वाडोस ट्रीडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन् ।

Loading...