fbpx

धादिङमा ३० जना सवार रहेको जीप पल्टिँदा २३ जना घाइते

धादिङ, १४ कात्तिक । धादिङमा ३० जना सवार रहेको जीप पल्टिँदा २३ जना घाइते भएका छन् । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीबार भएको उक्त दुर्घटनामा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङ प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जीप पल्टिएको थियो । कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको उनले बताए । घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ । रासस

Loading...