fbpx

जाडोमा ल्वाङ र सुकुमेल फाइदाजनक

विराटनगर, १३ कात्तिक । भान्सामा मसलाको रूपमा प्रयोग हुने ल्वाङ र सुकुमेलका अनेक फाइदा छन् । ल्वाङ र सुकुमेललाई हामी चिया तथा खीरमा स्वाद बढाउनका लागि प्रयोगमा ल्याउँछौं । यसको फाइदा पनि धेरै छन् ।

ल्वाङलाई खानामा प्रयोग गरिनुका साथै यत्तिकै खान पनि सकिन्छ । यसलाई प्राकृतिक दुखाइ कम गर्ने (पेनकिलर) औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसमा रहेको युजेनल आयलले दाँतको दुखाइ कम गर्न मद्दत गर्दछ । यसमा भिटामिन ए तथा सि, म्याग्नीज र फाइबर पनि पाइन्छ । यसमा प्रोटिन, फस्फोरस, क्याल्सियम, कार्बोहाइड्रेट्स, आइरन, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड पाइन्छ ।

aa

ल्वाङमा भएको एन्टीब्याक्टेरियल विशेषताले गर्दा यसको प्रयोग माउथवास, टुथपेष्ट, तथा क्रिम बनाउन पनि प्रयोग भएको पाइन्छ । ल्वाङको तेलमा एन्टीसेप्टिक गुण पनि हुन्छ, जसबाट काटेको, फंगल, संक्रमण, घाउ भएको र छालासम्बन्धी अन्य समस्यामा यसको प्रयोग निकै नै लाभदायक हुन्छ । ल्वाङका तेलेको प्रयोगले रुघा, कफ, दम, ब्रोङकाइटिस, साइनसाइटिसजस्ता समस्यामा तुरुन्त आराम मिल्छ । तर, यसको प्रयोग सिधै तेल नभइ अन्य कुनै तेलमा मिसाएर गर्नुपर्छ ।

यस्तै सुकुमेलको फाइदा पनि अनेक छन् । रुघाखोकी लागेको अवस्थामा वा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खाएमा ती समस्याबाट केहीहदसम्म छुटकारा पाउन सकिन्छ । त्यसका साथै बान्ता हुने, भोक नलाग्ने, अपच हुने आदि जस्ता समस्या पनि सुकुमेलको प्रयोग गरेमा कम हुन्छ ।

छातीमा कफ जमेर श्वाशप्रश्वाश प्रकृयामा गाह्रो भइरहेको अवस्थामा पनि सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ । ज्वराले जीउ पोलेको अवस्थामा पनि सुकुमेलको प्रयोग गरे सहज हुन्छ । गर्मी महिनामा भन्दा जाडो महिनामा ल्वाङ र सुकुमेल फाइदाजनक हुन्छ ।

Loading...