fbpx

कपिलवस्तुमा गोली चल्दा एक जनाको मृत्यु, कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु

कपिलवस्तु, १४ कात्तिक । प्रहरीले चलाएको गोली लागी कपिलवस्तुमा एक जनाको मृत्यू भएको छ । लक्ष्मी पूजापछि मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा विवादका क्रममा प्रहरीले चलाएको गोली लागी एकजनाको मृत्यु भएको हो ।

dsfg

बुधबार मूर्ति सेलाउने क्रममा दुई समूहबीच विवाद बढेपछि बिहीबार बिहानैदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू उल्लंघन गर्न खोजेको आरोपमा प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागी कृष्णनगर नगरपालिका–२ का सुरज पाण्डेको मृत्यु भएको हो ।

स्थानीय प्रशासनले बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा कर्फ्यू लागू गरेको हो । बुधबार मूर्ति सेलाउने क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो । झडपमा केही स्थानीय घाइते भएका थिए ।

Loading...