fbpx

भोक जगाउने धनियाँका छन् यस्ता फाइदा

विराटनगर, १४ कात्तिक । हरियो धनियाँको पातलाई अचारका रूपमा, दाल, तरकारीका रूपमा वा अन्य परिकारमा मिसाएर खाने गरिन्छ । विशेषगरी हरियो धनियाँलाई स्वाद र सुगन्धको लागि प्रयोग गरिन्छ, जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यतिमात्र नभइ धनियाँलाई मसला वा औषधिको रूपमा पनि प्रयोग गरिँदै आएको छ ।

aa

हरियो धनियाँ प्रयोगले पाचन प्रक्रियामा समेत राम्रो प्रभाव पार्छ । यसले पेटमा रहेका किटाणुलाई पनि मार्छ । धनियाँ खाँदा हाम्रो शरीरमा रगतलाई शुद्धीकरण गर्ने समेत काम गर्दछ र आँखाको समस्या भएकाहरूले पनि हरियो धनियाँको प्रयोग गर्दा फाइदा पुग्छ ।

धनियाँको पातमा भिटामिन के, भिटामिन सी, खनिज पदार्थ र प्रोटिनजस्ता पोषक तत्त्वहरू पाइन्छ । धनियाँमा एन्टी अक्सिेडन्ट, एन्टी माइक्रोवियल, एन्टी डिस्लिपिडेमिकजस्ता औषधीय गुण हुन्छन्, जसले प्रयोग भोक जगाउँछ र रोग लाग्ने सम्भावना घटाउँछ ।

धनियाँले छालाको एलर्जीको समस्यामा भएकाहरुका लागिका पनि फाइदा गर्छ । शारीरिक रूपमा कमजोर भएकाहरूको लागि धनियाँको जुस पउिनाले निकै फाइदा पुर्याउछ । यसले एनिमियाबाट छुट्कारा दिनमा सहायता गरी दुखाई कम गर्नसमेत मद्दत गर्छ । भिटामिन ए, एन्टी अक्सिडेन्ट, सी, र केही मिनरलका कारण धनियाँले हामीलाई क्यान्सरबाट समेत बचाउँछ ।

Loading...