fbpx

काजु खाँदाका फाइदाहरू यस्ता छन्

विराटनगर, १४ कात्तिक । ड्राइफुडको राजा भनेर चिनिने काजु खानामा जति स्वादिलो हुन्छ स्वास्थ्यका लागि पनि उत्ति नै फाइदाजनक हुन्छ । यो एक किसिमको मसला हो । कपर, पोटासियम, म्याग्नेसियम, आयरन लगायतका तत्व भरपुर मात्रामा पाइने हँुदा यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

काजुमा प्रशस्त मात्रामा प्रोटिने पाइने हुँदा यसलाई खाँदा अनुहार चम्किलो हुनुका साथैे दिमाग पनि तेजिलो बनाउँछ । देैनिक रुपमा काजुको सेवन गर्नाले स्वास्थ्यलाई निकै फाइदाजनक हुन्छ । यतिमात्र नभइ काजुको सेवनले हड्डी तथा दाँतलाई मजबुत राख्नुका साथै मांशपेशीलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

कहिलेकाँही केही काम नगर्दा पनि थकित भएको अवस्थामा पनि काजु खानाले शरीरमा उर्जा थपिन गइ फूर्ति आउँछ । काजुमा शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व पाइने भएकाले यसले शरीरलाई स्वस्थ राख्नका साथै यसले दुब्ला तथा पातला ब्यक्तिहरूको तौल बढाउनमा मद्दत गर्छ ।

काजु सेवनले शरीरमा इन्सुलिनको मात्रा बढ्छ जसले गर्दा रक्तचाप र डायबेटिज नियन्त्रणमा राख्दछ यसले मुटुलाई स्वस्थ्य राख्दछ ।

Loading...