fbpx

जम्मू कश्मीको विशेष दर्जा आजदेखि औपचारिक रुपमा अन्त्य हुँदै

विराटनगर १४ कात्तिक । जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको अनुच्छेद ३७० र ३५ ए आजदेखि औपचारिक हट्दै छ ।

संघीय सरकारले जम्मू कश्मीर र लद्धाखलाई दुई राज्यमा विभाजन गरि केन्द्र प्रशासित राज्य प्रदेश बनाएको थियो । यो पनि आजदेखि नै लागु हुँदैछ । ६५ वर्षदेखि भारतको एक स्वयत्त राज्यको दर्जा पाएको जम्मू कश्मीर आजदेखि अन्य राज्य सरह भएको हो । स्वयत्त राज्यको रुपमा जम्मू कश्मीरमा रहेको अलग्गै वित्तिय प्रणाली, बेग्लै झण्डा तथा भारतकै अन्य क्षेत्रका नागरिकले जग्गा किन्न नपाउने जस्ता नियम हट्ने छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले विकासमा रोकावट आएको र यही संवैधानिक प्रावधानको आधारमा पाकिस्तानले छद्म युद्ध गर्दै आएको भन्दै अनुच्छेद ३७० र ३५ ए हटाएको हो । गत ५ अगस्टमा संसदमा एक प्रस्तावबाट सो दर्जा हटाउने निर्णय भएको थियो ।

जम्मू कश्मीरका राज्य मानव अधिकार आयोग लगायतका आधा दर्जन आयोग खारेज भएका छन् । यस्तै १ सय भन्दा बढी कानूनपनि खारेज भएको छ । अहिले पनि कश्मीरका ३ पूर्वमुख्यमन्त्री सहित धेरै नेता कार्यकर्तालाई जेलमा राखिएको छ । यस्तै भारत सरकारले लद्दाखमा २२ वटै जिल्लामा जिल्ला विकास आयोग बनाएको छ ।

Loading...