fbpx

पत्रपत्रिकामा प्रदेश : उपनिर्वाचनमा नेकपा ढुक्क, कांग्रेस लालकिल्ला ढाल्ने आशामा

विराटनगर १४ कात्तिक । प्रदेश १ मा धरान उपमहानगरपालिका, फाल्गुनन्द र चिचिला गाँउपालिकाको प्रमुख तथा विभिन्न स्थानका वडाध्यक्ष र सदस्य पदमा हुने उपनिर्वाचनको लागि माहोल तात्न थालेको छ । प्रदेश १ मा सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीबीच मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।

धरान उपमहानगरपालिकाको लागि नेपाली कांग्र्रेस र संघीय समाजवादी पार्टी सर्वसम्मत रुपमा उमेद्वारको नाम सिफारिस गरेका छन् । कांग्रेसले तिलक राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यस्तै धरान ७ को रिक्त रहेको वडाध्यक्ष पदमा समेत उपनिर्वाचन हुँदै छ । उमेद्वारको आकांक्षी धेरै भएपछि सत्तारुढ नेकपालाई भने उमेद्वार छान्न सकस भएको छ । सधै बामपन्थीले जित्दै आएको धरान उपमहानगरपालिकामा नयाँ थपिएका १३ हजार मतदाता निर्णायक हुने नागरिक दैनिकमा खबर छ ।

यस्तै पाँचथरका तीन स्थानमा हुने उपनिर्वाचनको लागि प्रचार प्रसार सुरु भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका, फिदिमि १ को वडाध्यक्ष र हिलिहाङ ७ को वडा अध्यक्ष पद रिक्त रहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले तीनै स्थानको उमेद्वारको टुंगो लगाएको छ । सानादेखि ठुला चुनावी कार्यक्रम समेत हुन थालेको छ । यस्तै संघीय समाजवादीले समेत पार्टीको तर्फबाट उमेद्वारको नाम टुंग्याएको जनाएको छ ।

मोरङका दर्जनौं ठाउँमा जुवा , प्रहरीले लुकायो जुवाडेको नाम शिर्षकमा उद्घोष दैनिकले मुख्य समाचार छापेको छ । प्रहरी विराटनगरका दुई स्थानबाट पक्राउ गरेको २० जना जुवाडेको नाम लुकाएको हो । प्रभावमा परि प्रहरीले जुवा खेलाउने घरधनीको नाम पनि गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले सामान्य व्यक्ति भएकोले नाम सार्वजनिक नगरिएको बताए ।

उद्घोष दैनिकमा नै कात्तिकभित्रै मन्त्रिमण्डल विस्तार हुने समाचार छापिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को मन्त्रिमण्डल कात्तिकभित्रै विस्तार गर्ने संकेत गरेका हुन् । केही दिनमा नै मन्त्रिपरिषदको विस्तार गरिने उनले बताएका हुन् । तिहार सकिए लगत्तै बस्ने संघीय मन्त्रिपरिषदको बैठकले प्रदेशको मन्त्रिपरिषदको संख्या निर्धारण गर्ने सुचना प्राप्त भएको भन्दै त्यसपछि मन्त्रिमण्डल विस्तार मुख्यमन्त्री राईले बताए ।

Loading...