fbpx

स्कटल्याण्डले टी २० विश्वकप खेल्ने पक्का

विराटनगर १३ कात्तिक । यूएईलाई ९० रनले हराउँदै स्कटल्याण्डले टी–२० विश्वकपमा स्थान पक्का गरेको छ । दुबईमा जारी विश्वकप छनोटको ५औँ स्थानको प्ले अफ सेमिफाइनलमा बुधबार स्कटल्याण्ड र यूएईबीच खेल भएको थियो ।

पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । जवाफमा मैदान उत्रिएको घरेलु टोलीले १८.३ ओभरमा १ सय ८ रनमै सबै विकेट गुमाउन पुग्यो ।

पपुवा न्यूगिनी, आयरल्याण्ड, नेदरल्याण्ड्स र नामिबिया यसअघि नै विश्वकपमा छनोट भएका छन् । ग्लोबल छनोटबाट विश्वकपमा पुग्ने अन्तिम टोलीको तय भने हङकङ र ओमानको खेलबाट हुने छ ।

Loading...