fbpx

चिलीको आन्दोलनमा २० जनाको मृत्यु

सान्टियागो १३ कात्तिक । चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको ज्यान गएको छ । अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा सरकार विरोधी प्रदर्शनमा कम्तीका २० जनाको मृत्यु भएको छ भने ४ सय ७३ जना घाइते भएको चिलीको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

चिलीको राजधानी सान्टिआगोमा रेलभाडा बढाइएको विरोधकाबाट सुरु भएको आन्दोलन अझै रोकिने अवस्था देखिएको छैन् । विरोध प्रदर्शनको क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरी पनि घाइते भएका छन् । ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बसमा क्षती पुगेको छ । कर्फ्यू लगाइएको अवस्थामा ७ हजार १ सय ६६ व्यक्तिलाई पक्राउ गरिएको र २ हजार ३७ व्यक्तिलाई कारागार चलान गरिएको छ ।

गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई हटाएका थिए ।

Loading...