fbpx

तनाव हटाएर खुशी रहनका लागि यसो गर्नुहोस्

विराटनगर, १३ कात्तिक । मानिसहरू दुःखबाट मुक्ति पाउन अनेक गर्छन् । तर, खुशी कसरी हुन सकिन्छ भन्नेबारेमा विचार गर्दैछन् । खुशी हुनका लागि सबैभन्दा ठूलो उपाय भनेको तनावदेखि टाढा रहनु हो ।

विभिन्न कुराहरूको तनाव लिँदा मानिस दुःखी हुन्छ तर, हामीले हाम्रो समयको सही ख्याल गरेर तनावदेखि टाढा रहन सक्यौं भने हामी सधैँ खुशी रहन सक्छौं । तनावले मानिसलाई रोगी बनाउने हुँदा यसबाट जतिसक्दो टाढा रहने कोशिश गर्नुपर्छ ।

हामी सधैं खुशी रहनका लागि तनावको कारण खोज्ने र त्यसलाई व्यवस्थापन गर्नुपर्छ । सबैभन्दा पहिले आफ्नो जीवनमा तनावका कारण खोज्नुहोस् र यदि, तपाईंलाई तनावको वास्तविक कारण थाहा छ भने तपाईंको आधा तनाव यत्तिकै कम हुनेछ । यसैगरी तनाव दिने मानिसबाट टाढा रहँदा पनि तनाव कम गर्न सकिन्छ ।

व्यायाम गर्नाले पनि तनाव हट्न सक्छ । नियमित रूपमा व्यायाम गर्दा तपाईंको शरीर र मस्तिष्कलाई आराम प्राप्त हुन्छ । साथै, व्यायामले तपाईंको मुड पनि ठीक पार्छ । यस्तै संगीत सुन्दा घुम्न जाँदा पसिन केही हदसम्म कम गर्न सकिन्छ । यसैगरी दैनिक टहल्ने बानी बसाल्नुहोस् वा कुनै मिल्ने साथीलाई भेट्नुहोस् । यदि, तपाईंलाई केही गर्न मनपर्छ भने त्यसलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस् ।

आफ्ना समस्याबारे कुरा गर्दा पनि जीवनमा खुशी रहन सकिन्छ । यदि, तपाईंलाई केही कुराले तनावमा पारिरहेको छ भने त्यसबारे कुरा गर्दा तनावको स्तर कम हुने गर्छ । यसबारे तपाईं परिवारका सदस्य, साथीभाइ, डाक्टर वा थेरापिस्टसँग कुराकानी गर्न सक्नुहुन्छ ।

Loading...