fbpx

नेपाल र थाइल्याण्ड भिड्दै

विराटनगर, १३ कात्तिक । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । दिउँसो ४ बजेपछि शुरु हुने उक्त खेलमा नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र बंगलादेशमा यसै महिनामा सञ्चालन हुने एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेका नेपाली टोलीले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टोलीले यसअघि थाइल्याण्डमा विभिन्न टोलीसँग मैत्रीपूर्ण खेल खेलेकामा तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा स्थानीय टोली जरानसानिवोङ र दोस्रो खेलमा बैंकक विश्वविद्यालयको टोलीलाई हराएको थियो ।

त्यस्तै थाइल्यान्ड यु–२१ टोलीसँग पराजित भएको नेपाली टोलीले चौथो खेलमा जापानको जुतिर टोलीलाई हराएको थियो । एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप यही कात्तिक २२ देखि २७ गतेसम्म हुदैछ भने साग मङ्सिर १५ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । रासस

Loading...