fbpx

मोटाउन चाहनेका लागि किशमिश अचूक औषधि

विराटनगर, १३ कात्तिक । किशमिश हामीले मसलाको रूपमा प्रयोग गर्दै आइरहेको कुरा हो । यसलाई हामी खीर पकाउँदा बढी प्रयोग गर्छौँ । हामीले स्वादका लागि यसको प्रयोग गर्ने गरेतापनि यसले हाम्रो स्वास्थ्मा पनि उत्तिकै फाइदा गर्छ ।

दुब्ला तथा मोटाउन चाहनेहरूका लागि किशमिश फाइदाजनक कुरा हो । यसमा फ्रक्टोज, ग्लुकोज जस्ता चिनीको मात्रा पर्याप्त हुन्छ । यसको सेवनले शरीरमा तुरुन्तै शक्ति पैदा गर्नुका साथै तौल कम हुने समस्या भएका व्यक्तिहरूका लागि तौल बढाउन पनि एकदम मद्दत गर्छ ।

यसमा प्रशस्त मात्रामा आइरन पाइनुका साथै पोटासियम, एन्टीअक्सिडेन्ट, म्याग्नेसियम, भिटामिन ‘ए’ र बिटाक्यारोटिनाइड पाइन्छ । किशमिशको नियमित सेवन गर्दा यसले हाम्रो शरीरमा रगतको कमी हुनबाट बचाउँछ र रक्त अल्पता एनिमियाजस्तो रोग लाग्नबाट हामीलाई टाढा राख्छ ।

किशमिशमा बोरोन नामक तत्व पाइन्छ जसले हाम्रो हड्डी तथा आँखा बलियो बनाउन मद्दत गर्छ । किशमिशमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यसको नियमित सेवनले हाम्रो पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलोसँग पचाउने गर्छ ।

यसले शरीरमा एसिडको मात्रा नियन्त्रण गरि एसिडिटी तथा पेटसम्बन्धी समस्याबाट टाढा राख्दछ । नियमित रुपमा यसको सेवन गर्नाले हाम्रो शरीरको खराब कोलेस्टेरोल कम गरि उक्त रक्तचाप र मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट हामीलाई बचाउँछ । किशमिशको नियमित सेवन गर्नाले मुख स्वस्थ हुन्छ र मुख, दाँत तथा गिजासम्बन्धी बिभिन्न समस्याहरु हटाउन मद्दत गर्छ ।

Loading...