fbpx

देउसीभैलो खेलेरै उठाइयो २८ लाख

म्याग्दी, १३ कात्तिक । उत्तरी म्याग्दीमा देउसीभैलो खेलेरै २८ लाख रुपैयाँ संकलन गरिएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख, तल्लो शिख, फलाटे, स्वाँत र किन्दुबाट पोखरामा बसोबास गरिरहेका बासिन्दाको संस्था ‘शिख्तानी पुन समाज पोखरा’ले देउसीभैलो खेलेर उक्त रकम उठाएको हो ।

उक्त रकम गाउँको विकासका लागि खर्च गरिने संस्थाले जनाएको छ । आफू जन्मिएको गाउँमा विद्यालय, मठमन्दिर, बाटो र चौतारो निर्माणका लागि पोखरामा देउसीभैलो खेलेर संकलन भएको शिख्तानी पुन समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजा पुनले जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार पोखरामा देउसीभैलो खेलेर जम्मा भएको रकमले म्याग्दीको शिखगाउँमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य छ । युवालाई स्वरोजगार बनाउन विभिन्न किसिमका रोजगारमूलक कामका लागि अत्यन्तै न्यून र सरल ब्याजमा कर्जा लगानी गर्नेसमेत उद्देश्य रहेको उनले जानकारी दिए । रासस

Loading...