fbpx

कश्मीरमा ५ मजदुरको हत्या

कश्मीर १३ कात्तिक । भारत प्रशासित कश्मीरको कुलगाम जिल्लाको कातरसूमा मंगलवार चरमपन्थिहरुले ५ सर्वसाधारणको हत्या गरेका छन् । जम्मू कश्मीर ज़ोन पुलिसका अनुसार उनीहरुले ५ सर्वसाधारणलाई गोली हानेर हत्या गरेका हुन् ।
मंगलवार राती करिब ९ बजे उनीहरुको हत्या भएको हो । यूरोपियन सांसदको एक टोली जम्मूकश्मीरको अवस्था बुझ्न पुगेको बेला ५ जनाका सर्वसाधारणको हत्या भएको हो ।

जम्मू कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि कश्मीर भन्दा बाहिरकालाई कश्मीर छोड्न प्रहरीले उर्दी जारी गरेको थियो । कश्मीरमा अहिले केहीमात्रामा प्रशासनले खुकुलो गर्दै कश्मीर छोड्ने उर्दी हटाएको छ । कातरसूमा हत्या गरिएका मजदुर भाडामा घर लिएर बसेका थिए ।

उनीहरुलाई बन्दुकधारीहरुले घरबाट बाहिर निकालेर गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा एक मजदूर घाइते भएका छन् । हत्या भएका मजदुर भारतको बिहार राज्यको रहेको र ३ जनाको भने पहिचान खुलेको छ ।

Loading...